Logo

कोरोना भाइरसः विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love


एजेन्सी ।
कोरोना भाइरसको सन्त्रास सारा संसारभर छाएको छ । विश्वका अधिकांश देशहरु बन्दाबन्दीको अवस्थामा छन् । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ।

१.विश्वभरमा ५४ लाख मानिस संक्रमित भएका छन् भने ३ लाख ४४ हजार ७६० जनाले ज्यान गुमाइसकेका छन् ।

२. अमेरिकामा विश्वका सबैभन्दा धेरै संक्रमित रहेका छन् । अमेरिकापछि ब्राजिल, रुस र बेलायत कोरोना भाइरसको महामारीबाट नराम्रोसँग पीडित भएका छन् ।

३. जोन्स होप्किन्स यूनिभर्सिटीको आँकडा अनुसार छिमेकी राष्ट्र भारत कोरोना भाइरसबाट प्रभावित राष्ट्रहरुको सूचिमा दसौँ स्थानमा रहेको छ ।

४.बेलायतका प्रधानमन्त्रीका सल्लाहकार डोमिनिक लकडाउन उल्लंघन गरेको केसमा प्रहरीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री बोरिस जोनसोनलाई सल्लाहकारलाई हटाउन भनी दबाब दिइएको छ । यद्यपि प्रधानमन्त्री डोमिनिकको साथमा रहेका छन् । उनले डोमिनिकले नियमपूर्वक काम गरेको बताएका छन् ।

५. गएको दुई सातामा ब्राजिलमा यात्रा गरेका मानिसहरुलाई अमेरिकाले अमेरिका फर्किन रोक लगाएको छ । अमेरिका आउने क्रममा ब्राजिलको यात्रा गरेका मानिसहरुलाई आउन नदिने ह्वाइट हाउसुमा घोषणा गरिएको थियो ।

६. फ्रान्समा पुनः लकडाउन लागु गरेपछि संक्रमणको संख्यामा कमी आएको छ ।

७. दक्षिण अफ्रिकाले लकडाउन खुकुलो बनाउने फैसला गरेको छ ।

८. भारतले कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा घरेलु हवाइ सेवा सुचारु गरेको छ । देशका केन्द्रीय नागरिक उड्डयन मन्त्रीले यसको घोषणा गरेका हुन् ।

९. क्यानडामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८६ हजार नाघेको छ भने ६५३३ मानिसले ज्यान गुमाइसकेका छन् ।

१०.चीनको बुहानमा आइतबार एक दिनमा १० लाखभन्दा धेरै कोरोना टेस्ट गरिएको छ । शनिबार भने बुहानमा १४ लाख मानिसमा परीक्षण गरिएको थियो ।

११. बेलायत लकडाउनबाट निस्किन तयार रहेको छ । आइतबार बेलायतमा कोरोना भाइरसबाट ११८ जनाको ज्यान गएको थियो । बेलायतमा ३६ हजार ७९३ जनाले ज्यान गुमाइसकेका छन् । बोरिसले अबका दिनमा लकडाउन खुकुलो बनाइने बताएका छन् । यसैगरी उनले जुन १ बाट बिस्तारै स्कुल खोल्ने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्