Logo

कोरोना भाइरसको भ्याक्सिन सफल हुन सक्ने– एड्रियन हिल



Spread the love

एजेन्सी । कोरोना विरुद्धको भ्याक्सिन डब्ल्यूएचओ, नेपाल लगायतका विभिन्न राष्ट्रहरुले गरिरहेका छन् । विभिन्न ठाउँमा भ्याक्सिन बनाउन वैज्ञानिकहरुको समूह लागि परिरहेका छन् । यसै क्रममा बेलायती पत्रिका टेलिग्रामका अनुसार अक्सफोर्डमा कोरोना विरुद्धको भ्याक्सिन विकसित गर्न लागि परेका एड्रियन हिलले भ्याक्सिनको ट्रायल ५० प्रतिशत सफल हुने बताएका छन् ।

एड्रियन हिलले अब दश हजारमा भ्याक्सिनको ट्रायल गरिने जनाएका छन् । अक्सफोर्ड यूनिभर्सिटी ChAdOx1 nCoV-19 नामक भ्याक्सिनमा काम गरिरहेको छ । विश्वभर प्रस्तुत भ्याक्सिन अन्य भ्याक्सिनभन्दा प्रभावकारी हुने अनुमान गरिएको छ ।

हिलको टिमले अप्रिल महिनाबाट नै मानिसमा प्रारम्भिक ट्रायल सुरु गरेका थियाे । यति चाँडै मानिसमा ट्रायल गरिने भ्याक्सिनमा यो पनि पर्दछ ।

जनवरीमा एउटा सानो प्रयोगशालामा यस भ्याक्सिनलाई लिएर काम गर्न थालिएको थियो । त्यो बेलामा चीनमा मात्र कोरोना संक्रमण देखिएको थियो । अहिले विश्वको आँखा यहीं भ्याक्सिनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्