Logo

गोविन्द केसीद्धारा दुई दिने सत्याग्रह घोषणा



Spread the love

काठमाडौं । डा. गोविन्द केसीले नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै गोविन्दले जेठको २० गतेदेखि दुई दिनको लागि सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

दार्चुलाबाट विज्ञप्ति जारी गरेका केसीले भारतले मिचेका भूमि फिर्ता गर्न आफूले सत्याग्रह घोषणा गरेको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, स्वास्थ्य, शिक्षाको प्रबन्ध गर्न पनि नसक्ने अनि अर्काले भूमि हडपेर सडक बनाएपछि मात्र थाहा पाउने हो भने सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेको हुनाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’

यति मात्र नभई केसीले सरकारले हालसम्मका आफ्ना माग पनि पुरा गर्नु पर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्