Logo

टिम इण्डियाको लागि टी–ट्वान्टी खेल्न सक्छु– हरभजन सिंह



Spread the love


एजेन्सी । भारतका अनुभवी स्पिनर हरभजन सिंहले भारतको लागि अहिले पनि खेल्न सक्ने बताएका छन् । हरभजनले राष्ट्रिय टिमको साथमा टी–ट्वान्टी खेल्नको तयार भएको जनाएका छन् ।

आईपीएलमा हरभजन सिंह संयुक्त रुपबाट सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर हुन् । उनले १५० वटा विकेट लिइसकेका छन् । हरभजन सिंहले भारतको लागि अन्तिम खेल सन् २०१६ मा एशिया कपमा खेलेका थिए ।

हरभजन सिंहले ईएसपीएनक्रिकइन्फोसँग कुराकानीको क्रममा भनेका छन्,“यदि म आईपीएलमा राम्रो खेल्न सक्छु भने अन्तरराष्ट्रिय खेलमा पनि राम्रो गर्न सक्छु । आईपीएलमा बलरको लागि निकै मुश्किल छ किनभने मैदान सानो हुन्छ । आईपीएलमा विश्वभरका खेलाडीहरु खेल्छन् । उनीहरु विरुद्ध बलिङ गर्नु चुनौतिपूर्ण हुन्छ । यदि उनीहरुविरुद्ध राम्रो गर्न सकियो भने अन्तरराष्ट्रिय क्रिकेटमा पनि राम्रो गर्न सकिन्छ । ”

“मानिसहरु मलाइ हेदैनन्, उनीहरुलाई लाग्छ कि म निकै बुढो भइसकेँ । बितेको चार–पाँच वर्षमा उनीहरुले मलाइ फर्केर पनि हेरेका छैनन् । यद्यपि म आईपीएलमा राम्रो प्रदर्शन गरिरहेको छु ।” हरभजन सिंहले थपे ।

हरभजन सिंहले १०३ टेस्ट खेलमा ४१७ विकेट लिएका छन् । हरभजन सिंह सन् २०१६ बाट भारतीय टिमका हिस्सा बनेका छैनन् । पाकिस्तानका पूर्व स्पिनिर मुश्ताकले हरभजन उत्कृष्ट बलर भएको बताउँदै मौका मिलेको भए अहिलेसम्म ७०० टेस्ट विकेट लिइसकेका हुन्थे भनेर भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्