Logo

पाकिस्तानमा ५६ हजार भन्दा बढीमा कोरोना संक्रमण



Spread the love

एजेन्सी । दिनानुदिन पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गईरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७४८ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानमा १ हजार १६७ व्यक्तिको मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् भने आइतबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ ।

संक्रमितहरुमध्ये १७ हजार ४८२ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्