Logo

‘कोरोनाको लक्षण नदेखिए परीक्षणको आवश्यकता नै छैन’



Spread the love

१२जेठ, काठमाडाैँ – बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कोभिड—१९ को लक्षण देखिएमा मात्र स्वाब परीक्षण गर्न सल्लाह दिएका छन् । उनले कोरोना परीक्षण गर्ने किट अभाव भएका समयमा लक्षण नदेखिएका र कोरोना जोखिमसम्बन्धी यात्राको इतिहास नभएकाहरुले परीक्षण गर्न आवश्यक नरहेको स्पष्ट गरे ।

मन्त्री जम्कट्टेलले भने, “ केही लक्षण नदेखे परीक्षणको आवश्यकता नै छैन, यो अभावका समयमा लक्षण नदेखिएकाले समेत परीक्षण गरेर किट खेर फाल्नु उचित छैन ।”


हेटौंँडाको आइसोलेशन कक्ष पूरा


मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको कोरोना आइसोलेशन वार्ड भरिएको छ । वार्डका संयोजक भोला चौलागाईँले अब आइसोलेशनमा थप कसैलाई राख्न नसकिने बताए । भारतबाट आएका ३७ जना र मकवानपुरका ४० जना भर्ना भएपछि अहिले वार्डमा थप भर्ना गर्ने अवस्था नरहेको संयोजक चौँलागाईँले जनाए । यसका साथै पटक पटक विद्युत् कटौती हुंँदा समस्या परेको र विकल्पमा केही व्यवस्था नभएको चौलागाईँको गुनासो छ ।

भारतबाट आएकाहरुमध्ये गाउँपालिका वागमती एक, मकवानपुरगढीका तीन, मनहरीका ६, कैलाशका नौ र बकैयाका पाँच तथा हेटौँडा उपमहानगरपालिका १० र थाहा नगरपालिकाका दुई जना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्