Logo

किट सकिएपछि भक्तपुरमै परीक्षण रोकियो



Spread the love

१३ जेठ, भक्तपुर – भक्तपुर अस्पतालमा किट सकिएपछि सोमबारदेखि आरडिटी परीक्षण रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिएकी छन् । अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ ।

सोमबार दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले जानकारी दिइन् । अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडिटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्