Logo

लकडाउन खुलेको खुशियालीमा सित्तैमा बियर



Spread the love

एजेन्सी – चेक रिपब्लिकमा लकडाउनपछि स्थिति सामान्य हुँदा सित्तैमा बियर प्रदान गरिने भएको छ । उर्केल्सले नामको बियर उत्पादक कम्पनीले चेक रिपब्लिकको जुनसुकै पब र रेष्टुरेन्टमा आफ्नो बियर अर्डर गर्ने व्यक्तिलाई थप अर्को बियर निःशुल्क प्रदान गर्ने घोषणा गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै लगाएको लकडाउन खुकुलो भएसँगै खुशयाली मनाउन सित्तैमा बियर प्रदान गरिएको बताएको छ ।

मानिसहरूलाई पबहरूमा फर्काउन र चेक सांस्कृतिक संस्थाको सामान्य पुन: उद्घाटनको अवसरमा धेरै स्थानीय प्रतिष्ठानहरूले पाहुनाहरूलाई स्वागतका लागि तीव्र प्रतिक्षामा छन् ।

चेक रिपब्लिकनहरू बियरमा अत्यन्तै रमाउँछन् भने बियरको सम्मान गर्ने पनि बताइन्छ । चेक रिपब्लिकमा मिलियन डलर बियरका लागि खर्च हुन्छ ।

प्रतिक्रिया दिनुहोस्