Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या ह्यातै घट्यो



Spread the love

१३ जेठ , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ५ सय ६ जनाको मृत्यु भएको छ भने १९ हजार नयाँ संक्रमित भएका छन् । हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या घटेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ९९ हजार ८ सय ५ जना मृत्यु भएको छ भने १७ लाख ६ हजार भन्दा बढी संक्रमित भएका छन् ।४ लाख ६२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्