Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, एसियाकै १ नम्बर सुचिमा



Spread the love

१३ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय १४८ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे २५ तारिखमा मात्रै भारतमा १५६ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा आज मुत्यु हुनेको संख्या ८ जना घटेको छन् ।

अहिलेसम्म भारतमा १ लाख ४४ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ हजार १ सय ७२ जनाको मृत्यु भइसकेको छ । ६० हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्