Logo

लकडाउनमा पनि पढाइबाट वञ्चित भएनन् गुरुकुलका विद्यार्थी



Spread the love

१३ जेठ, ओखलढुंगा – कोरोना महामारी नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनले देशभरको शिक्षा प्रणालीमा असर परिरहँदा ओखलढुंगाको श्री गुरुकुल एकेडेमीले भने नयाँ प्रणाली अपनाएको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका स्थित विद्यालयले विद्यार्थी पठनपाठनबाट बञ्चित बन्नु नपरोस् भन्दै ‘गृहकार्य पुस्तिका’ बनाएर घरघर पुर्याउन थालेको छ ।

यसअघि विद्यालयबाटै भएका शिक्षाका विभिन्न प्रयास इन्टरनेटसँग सम्बन्धित थिए । सबैजनाको इन्टरनेटमा पहुँच नभएका कारण गृहकार्य पुस्तिका घरघरमै वितरण गर्न थालिएको हो ।

विद्यालयले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने चित्र, ग्राफिक्स तथा अन्य सामग्री समेटेर पुस्तिका तयार पारेको छ ।

विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म २ सय ३० जन विद्यार्थी रहेका छन् । विद्यालयले तयार पारेको यस सामग्रीप्रति विद्यार्थी लगायत अभिभावकको पनि सकारात्मक प्रतिक्रिया रहेको छ । गुरुकुल एकेडेमीको यो नयाँ प्रणाली देखेर अरू विद्यालयहरूले पनि सिको गर्दै यस्तै प्रणालीमा अघी बढुन् भन्ने स्थानीय बुद्दिजिबी हरुको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्