Logo

सुर्खेतका १२ जनामा कोरोना, कर्णाली प्रदेशमा संक्रमित संख्या २३ पुग्यो



Spread the love

१३ जेठ, काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। सोमबार गरिएको पिसीआर परीक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा एक जना, वडानम्बर २ मा पाँचजना, वडानम्बर ३ मा एकजना, वडानम्बर ६ मा एकजना, भेरीगंगा नगरपालिका-८ मा २ र सिम्ता गाउँपालिका-४ का २ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्