Logo

कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गर्न डब्ल्यूएचओको रोक



Spread the love

एजेन्सी। कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे जारी क्लिनिकल ट्रायललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ । सोमबार संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिएका छन् ।

टेड्रोसले साइन्स जर्नल लासेन्टमा हालै प्रकाशित एक अध्ययनका अनुसार कोरोना संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको छ । त्यसैले बैठकपछि यस औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा स्थगित गर्ने निर्णय गरेको हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्