Logo

द. कोरियामा क्वारेन्टाइनको नियम पालना नगर्दा चार महिनाको जेल सजाय



Spread the love


एजेन्सी । दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गर्दा एक व्यक्तिलाई त्यहाँको एक अदालतले चार महिनाको जेल सजाय सुनाएको छ ।

मिस्टर किम नामक व्यक्ति क्वारेन्टाइनको अवधि पुरा हुनुभन्दा दुई दिन अगाडि आफ्नो घर बाहिर निस्किएका थिए । उनी बाहिर निस्किएपछि प्रहरीले उनलाई एउटा केन्द्रमा लिएर गएको थियो । उनले त्यहाँ पनि भाग्ने कोसिस गरेका थिए ।

पटक–पटक नियम तोडेको भनी अदालतले उनलाई चार महिनाको जेल सजाय सुनाएको हो ।

दक्षिण कोरियाको राजधानी सोलमा रहेका नाइटक्लबमा संक्रमण बढ्न थालेपछि सरकारले क्वारेन्टाइनको नियम उल्लंघन गर्नेहरुमा कडा कारबाही गर्ने विचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्