Logo

विश्व अहिले पहिलो चरणको संक्रमणसँग जुधिरहेको छ– डा. माइक रायन



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठनले जुन देशमा कोरोना संक्रमितको संख्या कम भएको छ, त्यो देशमा संक्रमण रोक्नका लागि अपनाइएका नियम फिर्ता गर्दा संक्रमण तुरुन्त बढ्न सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका आपतकालीन प्रमुख डाक्टर माइक रायनले विश्व अहिले पहिलो चरणको संक्रमणसँग जुधिरहेको बताएका छन् ।

उनले भने,“हामीले यो कुराको ख्याल राख्नुपर्छ की संक्रमण जहिले पनि तिव्र गतिमा फैलिन सक्छ । यदि संक्रमित कम भए भन्दैमा हामीले कोरोना संक्रमण कम भएको ठान्नु हुँदैन । अहिले पहिलो चरणको संक्रमणसँग विश्व जुधिरहेको छ । त्यसैले कोरोना संक्रमणविरुद्ध अपनाइएका नियमहरु पालना गर्न छाड्नु हुँदैन ।”

माइकले केही देशमा संक्रमणको संख्या कम भएपनि मध्य र दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियामा संक्रमितको संख्या बढिरहेको पनि जनाएका छन् ।

रायनले महामारी फरक–फरक चरणबाट आउने हुनाले कोरोना रोकथाम गर्न लगाएका नियमहरु तत्काल नहटाउन आग्रह गरेका छन् । उनले दोस्रो चरणमा पहिलाभन्दा धेरै संक्रमण हुन सक्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्