Logo

साउदी अरेबियाको मक्का बाहेक अन्य क्षेत्रमा लकडाउन खुकुलो बनाइने



Spread the love


एजेन्सी ।
साउदी अरेबियाले बिहीबारबाट लकडाउनमा छुट दिने फैसला गरेको छ । साउदीको मक्का बाहेका अन्य क्षेत्रमा गरिएको कर्फ्यु हटाइंदै छ ।

यद्यपि मक्कामा भने कर्फ्यु जारी नै रहनेछ । जुन २१ पछि मक्कामा कर्फ्यु रोकिने जनाइएको छ ।
३१ मेबाट घरेलु उडानमा लगाइएको प्रतिबन्ध पनि हटाइने छ । यसै गरी सार्वजनिक र निजी कम्पनीका काम गर्ने मानिस काममा जान पाउनेछन् ।

मक्कामा दिउँसो तीन बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरिनेछ । २१ जुनपछि मस्जिदमा नमाज पढ्न पाउने अनुमति दिइने छ ।

प्रतिक्रिया दिनुहोस्