Logo

लकडाउनलाई लिएर फिल्म बनाउँदै राम गोपाल बर्मा



Spread the love

एजेन्सी । कोरोना भाइरसको कारण विश्वका अन्य देशमा झैं भारतमा पनि लकडाउन गरिएको छ । सबै मानिसहरु घरमा थुनिएका छन् ।

निकै लामो समयदेखि फिल्मको छायांकन बन्द भएको छ । अक्षय कुमारले सोमबारबाट सामाजिक दुरी कायम गर्दै छायांकन सुरु गरेका छन् । यसै गरी राम गोपाल बर्मा पनि फिल्मको छायांकन गरिरहेका छन् ।

राम गोपाल बर्माले ट्वीटरमा फोटो सेयर गरेका छन् । फोटोमा घरको डाएनिङ एरिया देखिएको छ । जहाँ सबै घरका सदस्यहरुले सामाजिक दुरी कायम गरेको देख्न सकिन्छ । फोटोमा राम गोपालले लेखेका छन्, ‘फोटोमा सामाजिक दुरी, लकडाउनमा आधारित फिल्मको छायांकन । ’

बर्मा क्लाइमेक्स फिल्मलाई लिएर चर्चामा छन् । प्रस्तुत चलचित्रमा अमेरिकन पोर्नस्टार मिया मल्कोवाको अभिनय रहेको छ । हाल चाल प्रस्तुत फिल्मको टीजर र ट्रेलर रिलिज भएको छ । बर्माले प्रस्तुत चलचित्र एक्सन थ्रिलर भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्