Logo

सावधान ! लगातार लामो समयसम्म मास्क लगाउँदा हुन सक्छ मृत्युको खतरा



Spread the love

विश्वभर फैलिरहेको कोरोनाको महामारीबाट जोगिन मानिसहरु मास्कको प्रयोग गर्दछन् । तर कतिपय अवस्थामा भने त्यहि मास्क हाम्रो मृत्युको कारकसम्म बन्न पुग्छ । मास्क लगाउँदा लगातार लामो समयसम्म लगाउनु हुदैन । अझ दौडदाँ वा छिटोछिटो हिड्दा मास्क लगाउनु हानिकारक हुन्छ । यस्तो बेला मास्क खोल्नु पर्दछ ।

लामो समयसम्म मास्कको प्रयोगले तपाईको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । लगातार लामो समयसम्म मास्क लगाउँदा शरीरमा अक्सिजनको कमी हुने गर्दछ । जसले रगतमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जान्छ। लामो समय मास्कको प्रयोगले यस्ता समस्याहरु निम्तिन सक्छ :
– मास्क लगाएर सास फेर्दा स्वास लिने अनि छाड्ने क्रम चल्दछ । यस क्रममा मास्कका कारणले अक्सिजनको प्रवाह कम हुन्छ र कार्बनडाइ अक्साइडको मात्रा बढेर जान्छ । जसले गर्दा टाउको दुख्ने, रिगंटा लाग्ने, ध्यान केन्द्रित गर्न ग्राहो हुने, कानमा आवाज आउने लगायतका समस्या हुने गर्दछ ।

वातावरणमा कार्बन डाइअक्साइडको मात्रा ० दशमलव ०४ प्रतिशत हुन्छ तर यो मात्रा बढेर १० प्रतिशतभन्दा बढि भयो भने यसले ज्यान लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्