Logo

पछिल्लो एक हप्तामै नेपालमा कोरोना संक्रमित करिब दोब्बर पुगे



Spread the love

१४ जेठ, काठमाडाैँ  नेपालमा पछिल्लो एक हप्तामै कोरोना संक्रमितको संख्या करिब दोब्बर पुगेको छ ।

गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा यो मंगलबारसम्म आउँदा त्यो संख्या ७ सय ७२ पुगेको छ।

प्रतीकात्मक तस्बिर

भारतले रेल खुलाएसँगै नेपालमा भारतबाट देश फर्किने नेपालीको संख्या पनि हवात्तै बढेको छ । अहिले देखिएका अधिकांस संक्रमित भारतबाट आएका छन् । सुरुवातमा नेपालमा कोरोना संक्रमण भारत बाहेक तेस्रो मुलुकबाट आएकालाई देखिएको थियो । नेपालमा पहिलोपटक गत माघ ९ गते चीनबाट आएका एकजना युवकमा संक्रमण पुष्टि भएको थियो । युवकको स्वाब परीक्षण गर्न हङकङ पठाइएको थियो।

नेपालमा पहिलो केस देखिएको दुई महिनापछि दोस्रो केस देखिएको थियो । गत चैत १० गते फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा संक्रमण देखियो । त्यसपछि खाडी मुलुक र युवतीसँगै जहाजमा आएका केहीलाई संक्रमण देखियो । नेपालमा दोस्रो संक्रमण देखिएसँगै सरकाले देश पूर्ण रुपमा लकडाउन गर्यो । २ महिना पुग्दा पनि लकाडाउन जारी रहेको छ । तर, भारतबाट फर्किने नेपालीको कारण संक्रमण पछिलो हप्ता झन् बढेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ । जसमा सिन्धुपाल्चोक, बारा, गुल्मी र बाँकेका एक– एक जना छन् । कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या १ सय ५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्