Logo

बुण्डेसलिगा – डर्टमण्डविरुद्ध बायर्न म्युनिखको साँघुरो जित



Spread the love

एजेन्सी। जर्मन बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले साँघुरो जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई १–० ले पराजित गरेको हो ।

४३औं मिनेटमा जोसुअ किम्मिकले गरेको गोल नै बायर्नलाई जितका लागि पर्याप्त बन्यो । बायर्नका रोवर्ट लेवान्डोस्की र डर्टमण्डका एर्लिन हल्याण्ड खेलअघि चर्चाको केन्द्रविन्द्रमा रहेपनि दुवै खेलाडीले गोल गर्न सकेनन् ।

जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी ७ अंकको बनाएको छ । बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्