Logo

भारतबाट आएका बिरामीको सेती अस्पतालको आइसोलेसनमा मृत्यु



Spread the love

१४ जेठ, काठमाडौँ । भारतबाट आएर सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको ज्यान गएको छ। बुधबार बिहान जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको ज्यान गएको हो ।

मंगलबार नै भारतको महाराष्ट्रबाट आएका उनलाई स्वास्थ्य समस्य देखिएपछि आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको तर, लक्षण कोरोनाभाइरससँग मिल्दोजुल्दो भएकाले पिसिआरको लागि स्वाब संकलन गरिएको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्