Logo

सल्लेरी खबर समाचार प्रभाव : अवैध बालुवा उत्खनन गर्नेलाई कारबाही



Spread the love

गुल्मी । स्थानीय सरकारको नियम थाहा छैन भन्दै अवैध रुपमा बालुवा उत्खनन गर्ने गुल्मीका दुई जना युवालाई गाउँपालिकाले कारबाही गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर पाँच छापहिले र वडा नम्बर दुई दर्लिङको बिचमा रहेको निस्ती खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गर्न छापहिलेका भिम विष्ट र दुर्गा कार्कीलाई १०/१० हजार रुपैयाँ जरिवाना असुलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सल्लेरी खबरलाई बताए । प्रति ट्याक्टर रोयल्टी लिन बाँकी रहेको र उनीहरुलाई जरिवानाबापत् १०/१० हजार जरिवाना गरेको वडाध्यक्ष श्यामलाल गिरीले जानकारी दिए ।

स्थानीय भिम विष्ट र दुर्गा कार्कीले स्थानीय विकासका योजनाको लागि अवैध रूपमा बालुवा उत्खनन गरेका थिए । सल्लेरी खबरबाट समाचार सम्पेषण भएसँगै गाउँपालिकाले चासो देखाएको थियो । तत्कालै कानूनको दायरामा ल्याउने वचन दिएको मालिका गाउँपालिकाले कोरोना भाइरसका कारण कारबाही प्रक्रियामा केही ढिला भएको बताएको छ । यता मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले सल्लेरी खबरलाई धन्यबाद दिएका छन् ।

भिम बहादुर बिष्टलाई
गाउँपालिकाले असुलेको जरिवानाको रसिद
दुर्गा बहादुर कार्कीलाई गाउँपालिकाले असुलेको जरिवानाको रसिद

उनले भने, “हामीलाई अवैध रुपमा बालुवा उत्खनन गरेको कुरा थाहा थिएन मिडियाले जानकारी गराई स्थानीय सरकारले गर्नु पर्ने काम गरिदिएको छ ।”

यता गाउँपालिकाका सूचना अधिकृत जगत पौडेलले पनि गैरकानुनी काम गर्ने जो सुकै पनि कारबाहीको दायरामा आउने बताएका छन्। साथै गाउँपालिकालाई सचेत र जानकारी गराएको भन्दै धन्यबाद व्यक्त गरेका छन् । मालिका गाउँपालिकाको नियम अनुसार प्रति ट्याक्टर बालुवाको लागि पाँच सय रुपैयाँ कर तिर्नु पर्छ । केही दिन पहिला अवैध रूपमा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा सल्लेरी खबरले फेला पारे पछि शक्ति र सत्ताको आडमा अवैध धन्दा स्थानीय सरकाको मुख बन्द भन्ने समाचार सम्प्रेषण गरेको थियो ।

याे पनि पढ्नुहाेस्

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्