Logo

लापरवाहीको नतिजा भाेग्दै ब्राजिल



Spread the love

एजेन्सी । ब्राजिल अहिले कोरोनाबाट सबैभन्दा बढी संक्रमित हुने दोस्रो राष्ट्र बनेको छ । ब्राजिलमा मृत्युदर पनि अन्य राष्ट्रको तुलनामा अत्याधिक रहेको छ । ब्राजिललाई लिएर सबैले कोरोनाको नयाँ केन्द्र बनेको बताउँछन् ।

२५ फेब्रुअरीसम्म ब्राजिलमा एक जना पनि कोरोना भाइरसबाट संक्रमित भएका थिएनन् । चीन बाहिर कोरोना भाइरसको पहिलो केस दर्ता हुँदाको एक महिनापछि पनि ब्राजिलमा कोरोनाबाट कोही पनि संक्रमित भएको थिएन ।

तर, २६ फेब्रुअरीमा ब्राजिलको सबैभन्दा धेरै जनसंख्या भएको शहर साओ पाउलोमा एक जनामा कोरोना संक्रमित भेटियो । संक्रमित ५१ वर्षीय वृद्ध थिए, जो इटालीको यात्रा गरेर फर्केका थिए ।
आधिकारिक रुपमा यी वृद्धलाई नै ब्राजिलको पहिलो कोरोना संक्रमित मानिन्छ । तर, विशेषज्ञहरु यसभन्दा पहिला नै कोरोना भाइरस ब्राजिलमा आइसकेको बताउँछन् ।

अप्रिलको पहिलो सातामा आधिकारिक रुपमा मर्नेहरुको संख्यामा ब्राजिले नजरअन्दाज गरेको थिएन । तर, त्यसपछि भने कोरोना भाइरसबाट मर्नेहरुको संख्या बढ्न थाल्यो । अहिलेसम्म ब्राजिलमा २४,५१२ जनाले ज्यान गुमाइसकेका छन् ।

११ अप्रिलमा दक्षिणी गोलार्धमा रहेका देशहरुमध्ये ब्राजिलमा सबैभन्दा धेरेको ज्यान गएको बताइएको थियो । उक्त समयमा गर्मी हुने देशमा कोरोना भाइरसको प्रभाव खासै नपर्ने अफवाहमा ब्राजिल नराम्राेसँग फंस्यो ।

अमेरिका, स्पेन, फ्रान्स, इटाली र बेलायतमा अहिले कोरोनाबाट मर्नेहरुको संख्या ब्राजिलमा भन्दा धेरै छ । तर, वासिङ्टन यूनिभर्सिटीको एक अध्ययनले अगस्ट १ सम्म ब्राजिलमा एक लाख २५ हजारसम्मको मृत्यु हुन सक्ने जनाएको छ ।

हालचाल अमेरिकाले ब्राजिलबाट आउने कुनै पनि यात्रीलाई प्रवेश नदिने बताएको छ ।

फेब्रुअरीबाट लिएर अप्रिलसम्म ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोना भाइरसलाई लिएर चिन्तित भएको देखिएन । यहीं कारणले उनी निकै विवादमा आए बोल्सोनारोले अर्थव्यवस्थामा असर परेको भन्दै बुढाबुढी बाहेक अरु काममा जान समेत लगाएका थिए । । ब्राजिलमा एकै महिनामा दुई स्वास्थ्यमन्त्रीले राजीनामा दिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्