Logo

संकटको बेला घिनलाग्दो राजनीति, आफनै निर्णय उत्तम रहेको सबैको दावी



Spread the love

गुल्मीका व्यवसायीहरू अन्योलमा परेका छन । गुल्मी उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले फरक फरक विज्ञप्ति जारी गर्दा व्यवसायीहरु दोधारमा परेका हुन् ।

नेपाली काङ्ग्रेस हावी रहेको गुल्मी उद्योग वाणिज्य संघ र नेकपा हावी रहेको चेम्बर अफ कमर्श दुई कित्तामा विभाजित हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीलाई पनि समन्वय गर्न धौ धौ परेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय गुल्मीले दुबै पक्षलाई बोलाएर सहजीकरण गरेता पनि दुबै टोली आ–आफ्नो अडानमा अडिक रहेको बुझिएको छ । बुधबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले हरेक दिन ११ बजे देखि १ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस निर्णयले नेकपा हावी रहेको चेम्बर अफ कमर्श तथा नेकपा निकटका व्यक्तिहरु समेत खुसी भएका छन । उनीहरुको माग अनुरुप भनौँ अथवा पुरानै निर्णयलाई निरन्तरता दिने जिल्लाको निर्णयलाई उनीहरुले सही ठानेका छन् । यता प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जिल्लाले गरेको निर्णयलाई उद्योग वाणिज्य संघले मान्ने विश्वास व्यक्त गरेका छन् ।

तर, उद्योग वाणिज्य संघको मनसाय भने फरक छ । उद्योग वाणिज्य संघ गुल्मीका महासचिव तारा प्रसाद भुसालले सल्लेरी खबरलाई भने, ‘हामीले सबैको सुरक्षाको लागि पसल बन्द गर्न अनुरोध गरेका हौँ । तर, यहाँ राजनीति गरियो । अर्थको अनर्थ लगाईयो । जिल्लाका स्थानीय तहका प्रमुखलाई कोरोना देखिए पछि उहाँ सङ सम्पर्कमा रहेका ४४ जनाको रिपोर्ट नआउन सम्म बन्द गरौ भन्ने हाम्रो धारण हो ।’

‘पछिल्लो समय बजारमा अनावश्यक भिडभाड बढेको छ त्यसलाई नियन्त्रण गर्न सम्बन्धि निकाए सक्षम छ भने हाम्रो केही आपत्ति छैन । तर यस्तो परिस्थितिमा गुल्मी उद्योग वाणिज्य संघले कसैलाई पसल सन्चालन गर भन्न सक्दैन ।’ भुषालले थपे ।

गुल्मी उद्योग वाणिज्य संघले कोरोनाको महामारी जिल्लामा फैलिएको भन्दै जेठ २० गतेसम्म सबै पसल बन्द गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै चेम्बर अफ कमर्शले सरकार र जिल्लाको निर्णय अनुसार पसल खुलाउनु पर्न माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र समेत बुझाएको छ ।

याे पनि पढ्नुहाेस्

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्