Logo

पाकिस्तानमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु



Spread the love

१५ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले पाकिस्तान पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको पाकिस्तान अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

पछिल्लो समय भारत एसियामा सबै भन्दा धेरै कोरोना संक्रमण भएको छ भने दोस्रोमा पाकिस्तान रहेको छ । उक्त देश दिनप्रति दिन कोरोनाबाट मर्नेको संख्या उच्च रहेको छ ।

पाकिस्तानमा २४ घण्टा यता ५८ जनाको संक्रमणबाट ज्यान गएको छ भने २ हजार ६ सय भन्दा बढी नयाँ कोरोना संक्रमण भएको देखिएको छ । हिजो को तुलनामा मुत्यु हुनेको संख्या २८ ले बढेको छ । पाकिस्तानमा कोरोनाबाट एकैदिन ज्यान गुमाउनेको उच्च रहेको छ ।

पाकिस्तानमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या १ हजार १ सय ६७ जना भएको छ भने ५९ हजार २ सय ५१ जना संक्रमित पुगेका छन् । पाकिस्तानमा निको भई १७ हजार ८० सय घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्