Logo

गुल्मीदरबारमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी घर जान नपाउने



Spread the love

१५ जेठ, गुल्मी । कोरोना भाइरस अर्थात् कोभिड–१९ लाई रोकथाम गर्न गुल्मीको गुल्मीदरबार गाउँपालिकाले नयाँ उपाय अपनाएको छ । पछिल्लो समय भारतसहित नेपालका उच्च जोखिम रहेका जिल्लाबाट नागरिकहरु गुल्मीमा भित्रिने क्रम बढ्न थालेपछि स्थानीय तह सर्तक हुँदै विभिन्न कदम चालेका हुन् ।

जिल्लाकाे गुल्मीदरबार गाउँपालिकाले क्वारेन्टाइनमा रहेका नागरिकको रेखदेख गर्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घर जान बन्देज लगाएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु उच्च जोखिममा रहेका कारण घर जान नदिई उनीहरुलाई छुट्टै राखिएको गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले सल्लेरी खबरलाई बताए ।

क्वारेन्टाइन रेखदेख गर्न दुई प्रहरीसहित चार जना सुरक्षाकर्मी र तीन जना स्वास्थ्यकर्मीलाई छुट्टै राखिएको थापाले उल्लेख गरे । आवश्यकता अनुसार स्वास्थ्यकर्मीको संख्या बढाउन सकिने गाउँपालिकाले जनाएको छ । गुल्मीदरबार गाउँपालिकाले ३९२ बेड क्षमताको क्वारेन्टाइन बेड निर्माण गरेको छ । हाल ९२ जना बिरबासको क्वारेन्टाइन रहेका छन । गुल्मीमा पछिल्लो समय भारतबाट करिब १५ सयको हाराहारीमा गुल्मी भित्रिएका छन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्