Logo

प्रिमियर लिग फर्किने मिति तय, पहिलो खेलमा म्यान्चेस्टर सिटी विरूद्ध आर्सनल भिड्ने



Spread the love

१५ जेठ, काठमाडाैँ – कोरोना भाइरसका कारण स्थगित प्रिमियर लिग जुन १७ तारिखबाट पुनः सुचारू हुने भएको छ । बेलायती सञ्चारमाध्यम बिबिसिले जनाए अनुसार जुन १७ देखि रोकिएका प्रिमियर लिगका खेलहरू पुनः खेलाइने भएको हो ।

प्रिमियर लिग सुचारू हुँदा एस्टन भिल्ला विरूद्ध शेफिल्ड युनाइटेड तथा म्यान्चेस्टर सिटी विरूद्ध आर्सनल जुन १७ मा भिड्नेछन् ।

सोही हप्ताका अन्य खेलहरू १८ र १९ जुनमा खेलाइनेछ ।

कोरोना भाइरस व्यापक रूपमा फैलिएपछि मार्च १३ तारिखमा लिग स्थगित भएको थियो । प्रिमियर लिगका ९२ खेलहरू खेल्न बाँकी छन् ।

अहिलेको तालिका अनुसार लिगको शीर्ष स्थानमा ८२ अंकका साथ लिभरपुल रहेको छ । लिभरपुल दोश्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकको फराकिलो अन्तरका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्