Logo

भारतमा कोरोनाबाट मृत्यु हुने संख्या घट्यो



Spread the love

१६ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा १ सय ७७ जनाले ज्यान गुमाएका छन् भने ७ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे २७ तारिखमा मात्रै भारतमा १९० जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा १७ जना घटेको छ ।

अहिलेसम्म भारतमा १ लाख ६५ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ । ६७ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्