Logo

ट्रम्प भन्छन् ,’सीमा विवादका कारण प्रधानमन्त्री मोदीको मुड ठिक छैन’



Spread the love

एजेन्सी। सीमाबारे भारत र चीनबीच चलिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः मध्यस्थताका लागि प्रस्ताव पेश गरेका छन् । बिहिबार ह्वाइट हाउसको ओभलमा पत्रकारसँग बोल्दै ट्रम्पले भने, ‘यदि उहाँहरुलाई मैले केही मद्दत गर्नसक्छु जस्तो लाग्छ भने म मध्यस्थताका लागि तयार छु ।’

ट्रम्पले चीनसँग जारी ‘ठूलो विवाद’ को विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको पनि जानकारी दिएका छन् । ट्रम्पले दाबी गर्दै भने, ‘दुई देशबीचको तनावको विषयमा प्रधानमन्त्री मोदीको मूड ठिक छैन ।’

प्रतिक्रिया दिनुहोस्