Logo

डी जोङ माथि युभेन्टसको नजर



Spread the love

१६ जेठ, एजेन्सी – बार्सिलोनाका डच मिडफिल्डर फ्र्यांकी डी जोङ माथि इटालियन क्लब युभेन्टसले नजर लगाएको छ ।

अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले बताए अनुसार बार्सिलोनाले चासो देखाएका युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिकका लागि बार्सिलोनाले डि जोङ दिनुपर्ने प्रस्ताव युभेन्टसले राखेको छ ।

पिजानिकप्रति इच्छुक देखिएको बार्सिलोनाले धेरै पटक अर्का मिडफिल्डर आर्थुर मेलो दिने प्रस्ताव गरेको छ । तर, क्लबहरू निश्चित सहमतिमा अझै पुग्न सकेका छैनन् ।

२०१९ को समरमा डच क्लब आयाक्सबाट डि जोङ बार्सिलोना आएका थिए । बार्सिलोनामा डि जोङले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्