Logo

ट्रम्पद्वारा डब्लूएचओसँग सम्बन्ध अन्त्यको घोषणा



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध तोडेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ । अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ । डब्लूएचओ पूरै चीनको नियन्त्रणमा रहेको छ जबकि अमेरिकाको तुलनामा उसले निकै कम रकम दिने गरेको छ ।’

कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । ट्रम्पका अनुसार डब्लूएचओका गल्तीको पूरै विश्वले मूल्य चुकाउनु परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्