Logo

गत शनिवार “IT Seminar And Project Demonstration” कार्यक्रम बुटवलमा सम्पन्न ।



Spread the love

मङ्सिर ३, बुटवल सल्लेरी खबर । CSIT Association of Nepal-Butwal ले गत शनिवार “IT Seminar And Project Demonstration” कार्यक्रमको आयोजना गरेको थियो। CSIT association of Nepal को शाखाका रूपमा केही समय अगाडी मात्र स्थापना गरिएको सो संथाले आयोजना गरेको कार्यक्रम आइटी अघ्यायनरत बिधार्थीको लागि निकै प्रभावकारी रहेकोथियो ।

बुटवलमा Bsc.CSIT अध्यायपन हुने बुटवल बहुमुखी क्याम्पस ,नेपथ्यकलेज ,तिनहु प्राविधिक कलेजका बिधार्थीहरुको उत्साहजनक उपस्थिति रहेको सो दिनको कार्यक्रममा CSIT Association of Nepal का प्रतिनिधिहरू, केही आइटी कम्पनीहरूका सञ्चालक तथा विभिन्न कलेजमा Bsc.CSIT अध्यायनरत बिधार्थीहरुले आफ्ना प्रोजेक्ट प्रस्तुत गरेका थिए ।

सोही दिनको कार्याक्रममा CSIT Association of Nepal का अध्यक्ष श्री भरत डिसी ,उपाध्यक्ष श्याम बख्रेल ,महासचिव गोकुल घिमिरे ,CSIT Association of Nepal-Chitwan का अध्यक्ष अमृत पोख्रेलको आइटी सम्बन्धी ज्ञानमुलक प्रस्तुतीकरणरहेको थियो । साथै सो दिनको कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका बिधार्थीहरु प्रविन पाडे, मधु गौतम, चन्द्र प्रकाश पाण्डे ,रमेश पोख्रल ,पशुपति बानिया साथै
तिनहु प्राविधिक कलेजका बिधार्थी सुरज गहतराजले आफ्नो प्रोजेक्ट प्रस्तुत गरेका थिए ।

यसै गरी नेपथ्य कलेजका क्याम्पस प्रमुख संजिव भण्डारी, शिक्षक सुदिप ढकाल, तिनहु प्राविधिक कलेजका मधु पाण्डे , CAN फेडेरेशन रुपन्देही का सचिव बिरबहादुर क्षेत्री लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । संथाका अध्यक्ष प्रताप न्यौपाने को सभापतित्व । नेपथ्य कलेजका क्याम्पस प्रमुख संजिव भण्डारी को प्रमुख अतिथ्यता रहेको सो कार्यक्रममा शिक्षक भुवन पन्थी को शुभकामना मन्तव्य ,
बिधार्थी नारायण अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम को सञ्चालन CSIT Association of Nepal-Butwal का सचिव शिला अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्