Logo

कर्णाली प्रदेशमा १ सय ५ जनालाई देखियो कोरोना



Spread the love

१८ जेठ, काठमाडाैँ – नेपालमा तीब्र रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कर्णाली प्रदेशमा पनि व्यापक देखिएको छ ।

अहिलेसम्म कर्णाली प्रदेशमा मात्रै १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कर्णाली प्रदेशका सल्यान, सुर्खेत, दैलेख, कालिकोट र बाजुरा जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।

पछिल्लो अपडेट अनुसार कर्णालीका कोरोना संक्रमण भएका जिल्लामध्ये सल्यानमा सबैभन्दा धेरै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी दैलेखमा १५, कालिकोटमा १७, बाजुरामा १ तथा सुर्खेतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्