Logo

कुन रक्त समूहकाले कस्तो किसिमको खानपान गर्ने ?



Spread the love

कुन रक्त समूहको व्यक्तिलाई कस्तो खाना उपयुक्त हुन्छ भन्ने कुरालाई मध्यनजर गरेर खानपान छनोट गर्दा त्यसबाट बढी लाभ लिन सकिन्छ । यदि हरेक मानिसले आफ्नो रक्त समूहअनुसार खाना खाए शरीरले राम्रोसँग खाना पचाउन सक्छ । राम्रोसँग खाना पच्नु भनेको तौल नियन्त्रण हुनु पनि हो । यसले शरीरमा एक्स्ट्रा फ्याट जम्न दिँदैन ।
रक्त समूह ‘ए’ : शाहाकारी भोजन
रक्त समूह ‘ए’ भएका व्यक्तिले मांसाहारीभन्दा शाहाकारी भोजन खानु उत्तम हुन्छ । यो समूहका व्यक्तिको प्रतिरक्षा प्रणाली संवेदनशील हुन्छ । यो समूहका लागि हरियो सब्जी, अन्न, अंकुराएका गेडागुडी, फल ड्राइ फ्रुट्स, ब्रेड, नुडल्स, चाइनिज फुड, डिनर रोल, बर्गरजस्ता खानेकुरा उपयुक्त हुन्छन् ।
समूह ‘बी’ : संयमित आहार
रक्त समूह ‘बी’ भएका व्यक्तिले दूधबाट बनेका परिकार सन्तुलित मात्रामा खानुपर्छ । हरेक प्रकारका गेडागुडी, सागसब्जी, अन्न आदि खान सकिन्छ । रक्त समूह ‘बी’ भएका व्यक्तिलाई सबै प्रकारको खाना सुट गर्छ यद्यपि खाना संयमित भएर खानुपर्छ ।
समूह ‘एबी’ : सन्तुलित आहार
समूह ए र बी दुवै रक्त समूहको लक्षण ग्रुप ‘एबी’ मा पाइन्छ । यो रक्त समूह भएका व्यक्तिले शाहाकारी भोजन खानु उपयुक्त हुन्छ । फलफूल तथा सागसब्जीको प्रयोग बढी गर्नुपर्छ । रक्त समूह ‘एबी’ भएका व्यक्तिले माछा, मासु, सब्जी, अन्न, कार्बोहाइड्रेट, दूध, दूधबाट बनेका परिकार खाँदा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ अर्थात् प्रोटिनयुक्त खाना खानुपर्छ ।
समूह ‘ओ’ : प्रोटिनयुक्त आहार
यो ब्लड ग्रुप भएकाहरूले उच्च प्रोटिनयुक्त खानेकुरा तथा मासु पर्याप्त मात्रामा खानुपर्छ । उच्च प्रोटिन भएको खानासँगै, फलफूल तथा सागसब्जीको सेवन स्वास्थ्यका दृष्टिले फाइदाजनक मानिन्छ भने दूधबाट बनेका परिकार त्यति खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्