Logo

तामाकोसी सुरुङ: मुख्य सुरुङ ब्रेक थ्रु , अर्को पुसदेखि उत्पादन



Spread the love

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको महत्वपूर्ण सफलतामध्येको मुख्य सुरुङ अर्थात हेडरेस टनेलको ब्रेक थ्रु भएको छ । दोलखाको विगु गाउँपालिकास्थित चार सय ५६ मेगावाटको उक्त आयोजनाको १८ दशमलव ३६ किलोमिटर सुरुङमध्ये जोखिम र महत्वपूर्ण मानिएको हेडरेस, भर्टिकल साफ्टसहितको सुरुङ आइतबार ब्रेकथ्रु भएको हो । योसँगै आयोजनाको ९२ प्रतिशत कार्य पूरा भएको छ।

जोखिम क्षेत्रभित्रको सुरुङलाई विष्फोटको माध्यमबाट आइतबार बिहान सफलतापूर्वक छेडिएपछि विद्युत् प्राधिकरणका उच्च पदस्थ कर्मचारी, लगानीकर्तादेखि कर्मचारीसम्मले खुसी साटासाट गरे।

मुख्य सुरुङ जोडिन बाँकी रहेको करिब २ मिटर क्षेत्रलाई प्वाल पारिएपछि उर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणको कार्यकारी निर्देशक, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलगायतका टोली दुवैतर्फबाट छिरेर हात मिलाएर एकआपसमा बधाई ज्ञापन गरे।

यो सफलतापछि आयोजनाले २०७५ साल पुसदेखि उत्पादन गर्ने घोषणा गरेको छ। आयोजना प्रमुख श्रेष्ठले मुख्य सुरुङको ब्रेकथ्रुको सफलतापछि आउने पुससम्म आयोजनाले विद्युत् उत्पादन गरी बिक्री गर्न थाल्ने बताए । यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्