Logo

विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता धमाधम पक्राउ



Spread the love

४ मङ्सिर, २०७४

काठमाडाैं। मुलुकभर उम्मेद्वारलाइ लक्षित गर्दै बम बिस्पफाेटका घटना हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएकाे छ। बम बिष्फाेटका घटनामा संलग्न भएकाे अाराेपमा नेत्र बिक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ता पक्राउ परेका छन्। झापामा आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिए।

प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन्। उनीहरुलाई आइतबार निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ।
यसैगरी  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ।

नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए। चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए।

नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव विरोधी अभियान थालेको छ। देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणका घटनासमेत भएका छन्। चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ। यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएकोे थियो। रासस

प्रतिक्रिया दिनुहोस्