Logo

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन



Spread the love

काठमाडौं । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । आइतबार बिहान उनको निधन भएको हो । ललितपुरमा बस्दै आएका ठकुरी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप लगायतका रोगबाट प्रताडित थिए । उनको अन्तिम संस्कार आज गरिंदै छ।

प्यारालाइसिसका कारण ठकुरी लामो समयदेखि ह्विलचेयरमा बसी कार्यक्रममा सहभागी हुन्थे । तर पछि मधुमेह, उच्च रक्तचापजस्ता रोगले थला परेपछि बिना सहारा उठ्न नसक्ने भए ।

ठकुरीले चलचित्र जीवन रेखाबाट आफ्नो करिअरको सुरुवात गरेका थिए । उनले चलचित्रमा मात्र काम नगरी विभिन्न टेलिसिरियल र म्युजिक भिडियोमा पनि काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्