Logo

बाँकेमा सवारी दुर्घटना, सल्यान जाँदै गरेका ११ जनाको घटनास्थलमै मृत्यु



Spread the love

१९ जेठ, बाँके – पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरियामा सवारी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ । ठुरियाको जंगलमा सो दुर्घटना भएको हो ।

नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी र बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोकिँदा सो दुर्घटना भएको बाँके प्रहरीले बताएको छ ।

भारतबाट फर्केेका नेपालीहरू लिएर सल्यान जाँदै गर्दा भएको उक्त दुर्घटनामा चालक सहित ११ जनाको मुत्यु हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा १० जना पुरूष र १ जना महिलाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्