Logo

भारतमा कोरोनाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृत्यु, नयाँ रेकर्ड



Spread the love

१९ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा २ सय २३ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ७ सय नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् मे ३१ तारिखमा मात्रै भारतमा २०५ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा २५ ले बढेको छ । जुन मृत्यु हुनेको संख्या भारतमा एकैदिन एकैदिन अहिलेसम्मकै उच्च हो ।

अहिलेसम्म भारतमा १ लाख ९० हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ५ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ । ९१ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्