Logo

लकडाउन थप गर्न संसदको अनुमति पर्खंदै स्पेनी प्रधानमन्त्री सान्चेजले



Spread the love

१९ जेठ, एजेन्सी – स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि बन्दाबज्दीको समय बढाउनका लागि संसदको अनुमति मागेको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन् ।

उनले स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भएको भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै आगामी जुन २१ गतेसम्म बन्दाबन्दी (लकडाउन)लाई बढाउने सोचका साथ अघि बढेका हुन् ।

स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ । समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार एक पत्रकार सम्मेलनमा आफुले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका छन् ।

उनले कोभिड–१९ का कारण निकै ग्रस्त बनेको स्पेनले कोरोना भाइरसविरूद्धको लडाईको उत्तरार्द्धतिर पुगेको भएपनि समस्या पूर्ण नियन्त्रणमा भने आइनसकेको बताएका छन् ।

स्पेनी जनताले अन्त्ततः कोरोनाविरूद्धको लडाईमा हजारौ नागरिकको ज्यान गएपनि सावधानीका कारण थप धेरै क्षति हुन नसकेको बताए ।

प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसदले निणैय दिने अपेक्ष गरिएको छ । संसदमा प्रधानमन्त्रीको गठबनधन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन । मध्यवादी सिउदादेअस पार्टीको समर्थन भएमा संसदमा प्रस्ताव पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्