Logo

विश्व स्वास्थ्य संगठनका अनुसार भारत सातौँ प्रभावित राष्ट्र



Spread the love

एजेन्सी । भारतमा कोरोनाको कहर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले भारतलाई विश्वको सातौँ प्रभावित राष्ट्रको सूचिमा राखेको छ ।

भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट ८,३९२ जना संक्रमित भएका छन् भने २३० जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना भाइरसबाट १ लाख ९० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ५,३९४ जनाले ज्यान गुमाएका छन् । भारतमा एक्टिभ केस ९३,३२२ रहेका छन् भने ९१,८१९ जना उपचारपछि घर फर्केका छन् ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश रहेको छ । महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, गुजरात, राजस्थानजस्ता प्रदेशहरु बढी प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्