Logo

संगीतकार वाजिद खानको निधन



Spread the love

एजेन्सी । भारतमा प्रसिद्ध संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ ।

वाजिद खानको परिवार अनुसार उनको घााँटीमा समस्या देखिएको थियो । जसकारणले गर्दा उनी सुराना अस्पतालमा भर्ना भएका थिए ।

भारतीय मिडियाहरुले भने उनी कोरोना संक्रमित भएको बताएको छ । कलाकार रणवीर शोरेले ट्वीट गर्दै उनको मृत्यु कोरोना भाइरसबाट भएको उल्लेख गरेका छन् ।

वाजिद खान मृगौला पीडित थिए । उनले दुई वर्ष पहिला मृगौला ट्रान्सप्लान्ट गरेका थिए ।

वाजिद खानले सन् १९९८ मा सलमान खान प्रमुख भूमिकामा देखिएको चलचित्र मेने प्यार कियाबाट आफ्नो करिअरको सुरुवात गरेका थिए । एका साता पहिला उनको भाइ–भाइ नामक गीत रिलिज भएको थियो । उक्त गीत उनले सलमान खानको साथमा बनाएका थिए ।

उनकाे मृत्युमा सारा बलिउड शाेकमा डुबेकाे छ ।

प्रतिक्रिया दिनुहोस्