Logo

रुकुम हत्या काण्डको विरोध गर्दै गुल्मीमा प्रदर्शन



Spread the love

१९ जेठ, गुल्मी – जेठ १० गते रुकुममा घटेको घटानको विरोध गर्दै गुल्मीमा प्रदर्शन गरिएको छ ।
दलित साझा मञ्च मदाने गाउँपालिकाले सोमबार गाउँपालिकाको कार्यालय अघि विरोध प्रदर्शन गर्दै गाउँपालिकालाई ज्ञानपन पत्र बुझाएको छ ।

दलित साझा मञ्चले प्रेस विज्ञप्ती समेत जारी गरेको छ । प्रेस विज्ञप्तीमा लेखिएको छ, “रुकुम जिल्लाको चाैरजहारी नगरपालिकामा भएको सामुहिक जघन्य रुपमा हत्या गरिएका नवराज विक लगायत छ जना युवाको दर्दनाक हत्याप्रति दलित साझा मञ्चको ध्यानाकर्षण भएको छ ।”

त्यस्तै बैशाख २२ गते गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा श्याम परियारमाथि जातीय विभेदपुर्ण घटनाको पनि आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग समेत गरेको छ ।
विज्ञप्तीमा दलित अगुवाहरुले हस्ताक्षर गरेका छन ।


सोमबार दिउसो ३० जनाको समुहमा नाराबाजी गर्दै आएका उनीहरुको गाउँपालिका अध्यक्ष दान बहादुर केसी समक्ष ज्ञापनपत्र बुझाएको सुचना अधिकारी ऋषि पोख्रेलले जानकारी दिएका छन् ।

यता ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष केसीले दलित साझा मञ्चले राखेका माग सम्बन्धित निकायसम्म पुर्याउने र न्यायका लागि आफ्नो गाउँपालिकाबाट सक्दो प्रयास गर्ने बताएका छ्न् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्