Logo

कोरोना जित्दै घर फर्किए गुल्मीका युवक



Spread the love

१९ जेठ, गुल्मी – कोराना संक्रमणका कारण आइसोलेशनमा रहेका एक युवक निको भई आज घर फर्किएका छन् । मदाने गाउँपालिका –६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी कोरोनामुक्त भई घर फर्केको गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए ।

पुर्कोटदहका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर ज्यान गएपछि कन्टयाक्ट ट्रेसिङका आधारमा डाँगीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि गत १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशन कक्षमा राखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उनलाई कोरोना परीक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट हस्तान्तरण गर्दै आइसोलेशन कक्षबाट बिदाइ गरेका छन् । डाँगीले ‘एक युद्ध मैदानवाट युद्ध जितेर फर्किदै सिपाही’ भन्दै सामाजिक सञ्जालमा राखेका छन् । उनले दह्रो आत्मबलका कारण आफूले कोरोना संक्रमणलाई जितेको बताए ।


उनलाई पहिलो पटक गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिए पनि त्यसपछि परीक्षण गरिएका दुईवटै रिपोर्ट नेगेटिभ आएको डा पाच्यले बताए ।

प्रतिक्रिया दिनुहोस्