Logo

थप १० जनामा कोरोना संक्रमण पुष्टि



Spread the love
No photo description available.

२० जेठ, काठमाडौँ।  आज बिहान थप १० कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८ सय २१ पुगेको छ।

स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पर्वतको फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्