Logo

कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ ?



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको कहर अहिले विश्वभर फैलिएको छ । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ।

१. विश्वभर कोरोना भाइरसबाट मर्नेहरुको संख्या ३ लाख ७५ हजार ६५६ पुगेको छ । जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभर ६२ लाख ७१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

२. विश्वको सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका रहेको छ । अमेरिकामा कोरोना भाइरसबाट १८ लाखभन्दा बढी संक्रमित भएका छन् भने एक लाख ५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

३.अमेरिकापछि सबैभन्दा बढी प्रभावित राष्ट्र ब्राजिल बनेको छ । ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २९,९३७ पुगेको छ । ब्राजिलमा ५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

४.कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रहरुको सूचिमा भारत सातौँ स्थानमा पर्दछ । भारतमा लगभग दुई लाख संक्रमित भइसकेका छन् भने ५,५९८ जनाको मृत्यु भएको छ ।

५.भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारी विश्वयुद्धपछि आएको सबैभन्दा ठुलो संकटको रुपमा लिएका छन् । उनले विश्वयुद्धपछि विश्व बदलिए झैं कोरोना भाइरसको महामारीपछि पनि विश्व बदलिने बताएका छन् ।

६. अमेरिकामा केही दिनदेखि जारी भएको प्रदर्शनलाई काबु गर्नको लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटन डीसीमा सेना तैनाथ गरेका छन् । जर्ज फ्लोइडको मृत्युपछि अमेरिकाको धेरै भागमा प्रदर्शन जारी गरिएको छ । ट्रम्पले जारी हिंसाको कारण कोरोना भाइरसविरुद्ध लडिरहेका डाक्टर नर्सलाई घरबाहिर निस्कन मुश्किल भएको बताएका छन् ।

७. ह्वाइट हाउसमा कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फौसीले ट्रम्पसँग निकै कम मात्रामा कुरा हुने बताएका छन् । डा. फौसीले पहिलाजस्तो दिनहुँ भेट नहुने र साताको चार पटक मात्र हुने जनाएका छन् ।

८.पाकिस्तानमा जारी गरिएको लकडाउन खुकुलो बनाउने योजनामा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भाइरस कतै पनि नजाने अनि मानिसहरु यससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । यसै गरी उनले भाइरस अझै फैलिन सक्ने र धेरैको मृत्यु हुन सक्ने पनि चेतावनी दिएका छ । उनले सावधानी अपनाउन सके यसका साथ सजिलै बाँच्न सकिने हौसला पनि दिएका छन् ।

९.मार्चपछि स्पेनमा पहिलो पटक बितेको २४ घण्टामा एक जनाको पनि मृत्यु भएको छैन । स्पेनमा बितेको २४ घण्टामा मात्र ७१ जनामा संक्रमण देखिएको छ ।

१०.जर्मनीको डिजिज कन्ट्रोल एजेन्सीका अनुसार देशमा जम्मा ३३३ जनामा संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ । विज्ञहरु कोरोनाको संक्रमण पुनः हुन सक्ने बताएका छन् ।

११.मलेसियाले बितेको १० दिनमा कोरोना भाइरसको कारण एक जनाको पनि मृत्यु नभएको बताएको छ । सोमबार मलेसियामा कोरोना भाइरसबाट ३८ जना संक्रमित भएका छन् ।

१२.कोरोना भाइरसको संकटको तीन महिनापछि नेदरल्याण्ड्समा पहिलो पटक बार र रेस्टुरेन्ट खोलिएको छ । यसका साथै सामाजिक दुरी कायम गर्नको शर्तमा म्युजियम, सिनेमा घर र थिएटर पनि खोलिएको छ ।

१३. विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीबाट बच्नको लागि एन्टीबायोटिक्सका अत्याधिक प्रयोगले ब्याक्टेरियालाई अझै बलियो बनाउने बताएको छ ।

१४. सिंगापुरका चरणवद्ध तरिकाले लकडाउनमा छुट दिन थालिएको छ । उत्पादन र निर्माण क्षेत्रमा पनि शर्तका साथ काम गर्नको लागि अनुमति दिइएको छ ।

१५. इजरायलका प्रधामन्त्रीको कार्यालयमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । इजरायलमा कोरोना भाइरसबाट १ लाख ७१ हजार संक्रमित भएका छन् भने २८५ जनाले ज्यान गुमाएका छन् ।

१६. विश्व स्वास्थ्य संगठनका डा. माइक रायनले मध्य र दक्षिण अमेरिकामा कोरोनाले गम्भीर अवस्था आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्