Logo

डब्ल्यूएचओद्धारा मध्य र दक्षिण अमेरिकालाई चेतावनी



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मध्य र दक्षिण अमेरिकामा कोरोना भाइरसले खास आफ्नो रुप नदेखाएको भनी चेतावनी दिएको छ ।

मध्य र दक्षिण अमेरिकाका धेरै देशहरुले लकडाउनमा छुट दिन थालेका छन् ।

डब्ल्यूएचओका डा. माइक रायनले मध्य र दक्षिण अमेरिकामा अहिले कोरोना संक्रमणको स्थिति गम्भीर बनेको बताएका छन् ।

मेक्सिकोमा अहिलेसम्म करिब दस हजार मानिसले ज्यान गुमाइसकेका छन् । यस्तो अवस्थामा मेक्सिकोमा माइनिङको काम गर्न थालिएको छ । दुई महिनाको लकडाउनपछि यहाँ कार उत्पादन र निर्माण कार्य फेरिबाट सुरु भएको छ ।

ब्राजिलमा पनि साओ पाउलो लगायतका अन्य शहरमा लकडाउन खुकुलो पार्न थालिएको छ । ब्राजिल विश्वको सबैभन्दा दोस्रो ठुलो संक्रमित राष्ट्र हो । ब्राजिलमा करिब ३० हजारको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्