Logo

कोरोना भाइरसको महामारीमा कंगोमा इबोला भाइरस देखियो, चार जनाको मृत्यु



Spread the love


एजेन्सी । सारा विश्व कोरोना भाइरसविरुद्ध जुधिरहेको छ । यस्तो बेलामा डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरस देखिएको छ ।

स्वास्थ्यमन्त्री इटेनी लङगन्डोले पश्चिमी शहर म्बानडाकामा इबोला भाइरसको कारणले चार जनाको मृत्यु भएकाे र प्रभावित क्षेत्रमा डाक्टर र औषधि पठाइएको बताएका छन् ।

सन् २०१८ मा सोही क्षेत्रमा ३३ जना मानिसले ज्यान गुमाएका थिए भने ५४ जना संक्रमित भएका थिए ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगोले डीआरसी इबोलाको साथमा कोरोना महामारीसँग पनि जुधिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्