Logo

भाइरस रोक्नको लागि मास्क प्रभावकारी



Spread the love


एजेन्सी ।
अमेरिकामा भएको एक नयाँ अध्ययनमा मास्क लगाउँदा र सामाजिक दुरी कायम गर्दा कोरोना भाइरसको संक्रमण फैलिनबाट प्रभावकारी ढंगले रोक्न सकिने बताइएको छ । यद्यपि हात पटक–पटक धुनेजस्ता कदमले पनि केही मात्रामा सहयोग मिल्दछ ।

शोधकर्ताहरुले कोरोनाबाट बच्नको लागि एन–नाइन्टी फाइभ मास्क सबैभन्दा बढी प्रभावकारी हुन सक्ने बताएका छन् । शोधकर्ताहरुले कपडाको मास्कको तुलनामा सर्जिकल मास्कले धेरै काम गर्ने पनि बताएका छन् ।

सोमबार प्रकाशित भएको शोधमा दुई व्यक्तिको बिचमा कम्तीमा एक मिटर वा तीन फिटको दुरी कायम भएको अवस्थामा कोरोना संक्रमणको खतरा कम हुने पनि जनाएको छ । दुई मिटरको दुरी कायम गर्नु झन् राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्