Logo

अबकाे साताबाट न्यूजिल्याण्डमा कुनै प्रतिबन्ध नहुन सक्छ– जासिन्डा आर्डेन



Spread the love


एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिण्डा आर्डेनले कोरोना भाइरसको महामारीको लागि लगाइएको सबै प्रतिबन्ध अबकाे साताबाट हटाउन सकिने बताएकी छिन् ।

मंगलबार प्रेस बार्तामा बोल्दै आर्डेनले भनिन्, “चाँडै नै कडा लकडाउन लागु गर्ने रणनीतिले हामीलाई फाइदा भएको छ । साँचो अर्थमा भन्नुपर्दा आशा गरेभन्दा बढी नै भयो । ८ जुनको क्याबिनेटको बैठकमा प्रतिबन्ध हटाउने या नहटाउने बारेमा छलफल गरिनेछ ।”

प्रतिबन्ध खुला भएपनि देशको सीमा भने बन्द नै हुनेछ ।

११ दिन भयो न्यूजिल्याण्डमा कुनै पनि कोरोना संक्रमितको केस देखिएको छैन ।

न्यूजिल्याण्डको सरकारले लगभग सात साता लामो कडा लकडाउनको कारणले गर्दा यो सब सम्भव भएको जनाएको छ । लकडाउनलाई न्यूजिल्याण्डका नागरिकले गम्भीरताका साथ पालना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्